काठमाडौं। ८ दिनदेखि हराइरहेका विद्यार्थी डाक्टर शिशिर खनाल हिजो किर्तिपुरको जंगलमा मृत अवस्थामा फेला परे । काठमाडौं मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत शिशिरको शव शनिबार कीर्तिपुरस्थित पुष्पलाल पार्क नजिकै जंगलमा भेटियो । उनको शव भेटिएपछि भएको अनुसन्धानमा उनले पहिल्यैदेखि योजना बनाएर आत्महत्या गरेको देखिएको छ ।

प्रहरीले अहिले उनले आत्महत्या किन गरे ? भनेर कारण खोजिरहेको छ । अहिलेसम्मको अनुसन्धानमा शिशिरको आत्महत्याको कारण १८ वर्षअघिको दुर्घटना हुन सक्ने देखिएको छ । शिशिर खनाल १८ वर्षअघि दुर्घटनामा परेका थिए । उक्त दुर्घटनामा शिशिरसहित उनका मातापिता र उनकी दिदी समेत परेकी थिइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घटनामा शिशिरका मातापिता र दिदीको ज्यान गएको थियो तर शिशिर बाँचेका थिए । त्यो दुर्घटनामा परिवार गुमाएपछि शिशिर डिप्रेसनमा थिए । उनले नियमित रुपमा डिप्रेसनको औषधी सेवन गर्दै आइरहेका थिए । अहिलेसम्मको अनुसन्धानमा सोही डिप्रेसनका कारण शिशिरले आत्महत्याको निर्णय गरेको हुन सक्ने देखिएको छ ।

शिशिरले आत्महत्या गर्नको लागि इन्टरनेटमा विधिबारे खोजेका थिए । उनको ल्यापटपको कल हिस्ट्रीमा उनले आत्महत्याबारे खोजेको देखिएको छ । उनले गुगलमा आत्महत्या गर्ने विधिबारे खोजी गरेका थिए । त्यस्तै कुन विषादीको कस्तो असर हुन्छ भन्ने विषयमा पनि सर्च गरेका थिए । उनले इन्टरनेटमा यस विषयमा धेरै पहिलेदेखि नै खोजी गरिरहेको पाइएकोले उनले आत्महत्याको पूरै तयारी गरेको प्रहरीको अनुमान छ ।