#

देउता पनि रिसाउँछ । म आक्रोशित किन भएँ भन्ने विषय लामो छ ।- मेयर चौधरी (अडियाे)

  पत्रपत्रिका   २०७६ जेष्ठ २६, आईतवार १२:४० मा प्रकासित

इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी यतिबेला चर्चाको शिखरमा छन् । पत्रकारप्रति अस्वभाविक व्यवहार गरेका कारण उनको पक्ष र विपक्षमा समाज ध्रुविकृत बनेको छ । चौधरीले आफूले जे गरेको छु, ठिक गरेको छु भन्दै आएका पनि छन् । प्रस्तुत छ, मेयर र पत्रकारबीचको विवादबारे चौधरीले पत्रकार खेम बमसँग गर्नुभएको संक्षिप्त कुराकानी ।

फाइल तस्बिर

तपाईं र पत्रकार बीचको विवादपछि मानिसहरुले तपाईंको पक्ष र विपक्षमा धारणाहरु राखिरहेका छन्, कस्तो अनुभूती गरिरहनुभएको छ ?

यसलाई मैले अस्वभाविक ठानेको छैन । विज्ञान, सूचना र प्रविधिको युगमा कहीँ सदुपयोग भएको छ भने, कतै दुरुपयोग भएको छ ।

तर तपाईंको शैलीप्रति त चौतर्फी आलोचना भएको देखिन्छ नि ? चर्चामा पनि खुबै आउनुभयो ?

चर्चामा आउन कि राम्रो काम गर्नुपर्दो रहेछ की त नराम्रा काम । मेरो पनि सकारात्मक र नकारात्मक दुवै कोणबाट चर्चा भएको मैले पाएको छु । मैले चालेको भ्रष्टचार विरोधी अभियानको सबैले प्रशंसा गरेका छन् तर, मेरो प्रस्तुतीप्रति कसैले नकारात्मक टिप्पणी गरेको पनि पाएको छु । वास्तवमा पटक–पटक बयान लिएर पनि अख्तियारले कारबाही नगरेका केही कर्मचारीले उन्मुक्ति पाएको अवस्था छ ।

इटहरी उपमहानगरपालिकामा २० वर्षदेखि स्थानीय तहमा जनप्रतिनिधि नहुँदा विभिन्न विकृति र विसंगति विद्यमान छन् । तर रंगेहात २ जना मान्छे विजन श्रेष्ठ र एकजना १० नम्बर वडाका सचिव मात्रै पक्राउ भएका छन् । एक निलम्बनमा छन् भने एकजनाको त जागिर नै गयो । तर अब मेयरले एक्सन लिन्छ भनेर केहीले डरले पनि राजिनामा दिएका छन् । फेरिपनि म आफ्नो योजनामा अघि बढ्छु ।

तर तपाइँ यसरी सिंगम जस्तो भएर जसरी भ्रष्टाचार नियन्त्रण गर्छु भनेर लागिरहनुभएको छ, त्यसमा तपाइँलाई पार्टीको गतिलो साथ त देखिदैन ?

एक्लो वीर बन्ने कोसिस गर्नुहुँदैन । यसो गर्दा कहीँ पुगिदैन पनि । त्यसैले हामी ३० जना कार्यपालिकाका सदस्य र १०५ जना नगरपालिकाका जनप्रतिनिधि सब एकमत छौं र सबैको पुरा समर्थन छ । इमान्दार कर्मचारीको साथ र सहयोग उस्तै छ । उनिहरुले हामी काममा फर्कियाँ मेयर साब भनेका छन् । तर कामचोरहरु कर्मचारीलाई दुर्व्यवहार गर्ने मेयर मुर्दावाद भनिरहेका पनि थिए तर सडकमा निस्केका भए सेवाग्राहीले ढुँगा हान्थे र कालोमोसो दल्थे । जनताले जनकारबाही गर्थे । मलाई मेरो पार्टीको पनि पुरै सहयोग छ । अलिकति पनि विचलित नभएर अघि बढ्नुहोस भनेर नेताहरुले मलाई ढाडस दिइरहेका छन् ।

त्यसो भए देशैभरीका मेयर तपाइँजस्तै बन्ने की या त तपाइँको शैलीमा सुधार ल्याउने ? के भन्नुहुन्छ ?

एउटा कुरा के बुझ्नोस भने मेरो डिस्ट्नरीमा खाइसियोस र गइसियोस जस्ता शब्दावलीहरु हुँदैनन् । म किसानको छोरो मात्रै होइन, थारुको छोरो पनि हुँ । मुसहर बस्तिमा हुर्किएँ, त्यसैले थारु किसानकै भाषा जान्दछु । मलाई शाही ठकुरीको भाषा आउँदैन । तर मेरो बोली अलिकति ठाडो छ, सकेसम्म यसलाई मिलाउन पाए हुन्थ्यो भन्ने मलाई पनि लागिरहेको छ । यसमा म कोसिस पनि गरिरहेको छुँ ।

तपाईंलाई त्यो भिडियोमा हेर्दा निकै आक्रोशित देखिन्थ्यो ? भित्रको रहस्य के हो ?

मानिस चलाएपछि रिसाउनु स्वभाविक हो । देउता पनि रिसाउँछ । म आक्रोशित किन भएँ भन्ने विषय लामो छ । त्यो पत्रकारलाई सोध्नुहोस् ?

म तपाईंकै मुखबाट सुन्न चाहान्छु ?

मलाई योजनावद्ध तरिकाले सिध्याउन खोजिएको छ । मैले नै सपथ खुवाएको मान्छे हो । बजारमा आउँदा केटो बिग्रिएछ ।

अडियाे हेर्नुहाेस् :

जनता समाचार बाट

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

सम्बन्धित शीर्षकहरु