बरियताक्रममा विवाद निकालेर गृहमन्त्री निधि र अर्काे उपप्रधानमन्त्री कमल थापाबीचको विवाद सेलाउन नपाउदै गृहमन्त्री निधिको अर्काे लफडा सतहमा आएको छ । चुवावको नाम गरेर गृहमन्त्री विमलेन्द्र निधिले चार अर्व रुपैंया खाने ठाडो प्रस्तावलाई अर्थमन्त्री कृष्णबहादुर महराले रोकिदिए पछि दुई मन्त्रीबीच पानी बाराबारको स्थिती पैदा भएको छ ।

भुकम्प पीडित जनताले पुस माघको ठिही समेत टहरामा बिताँउदा तिनै जनताका नाममा राजनीति गरेका गृहमन्त्री निधिले चुनावको नाममा करोडौं रकम कुम्ल्याउने प्रयासमा अर्थमन्त्री निधिले अंकुश लगाइदिएका हुन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले चुनावी सुरक्षा चुनौती सामना गर्न ४ अर्ब रुपैयाँको गाडी किन्ने प्रस्ताव अर्थ पठाएकामा अनावश्यक भन्दै अस्वीकार गरेपछि गृहमन्त्री निधि तनाबमा छन ।
वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचन सुरक्षा दृष्टिले चुनौतीपूर्ण रहेको भन्दै गृहले दुई साताअघि ७५ हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने र करिब एक हजार ५ सय नयाँ सवारीसाधन किन्नुपर्ने प्रस्ताव अर्थ मन्त्रालय पठाएको थियो ।

निर्वाचनका लागि ३१ अर्ब रुपैयाँ बजेट प्रस्ताव गरेको गृहले सवारीसाधन किन्न मात्रै ४ अर्ब प्रस्ताव गरेको छ । अर्थ मन्त्रालयले स्थानीय निर्वाचनका लागि त्यत्ति धेरै संख्यामा म्यादी प्रहरी र सवारीसाधन आवश्यक नपर्ने भन्दै बजेट दिन नसक्ने जानकारी दिएपछि गृहले खरिद प्रस्ताव ठाडै मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको हो ।

अर्थका एक उच्च अधिकारीका अनुसार निर्वाचनका लागि ५० हजार म्यादी प्रहरी भर्ना गरे पर्याप्त हुने र अति आवश्यक भए २–४ वटा मात्र सवारीसाधन किन्न सकिने जानकारी दिइसकिएको छ ।

अर्थका एक उच्च अधिकारीले कमिसनको खेलका कारण मन्त्रिपरिषद् लगेरै भए पनि गाडी खरिद गर्न गृहका केही अधिकारी लागिपरेकोे जानकारी दिए । ४ अर्ब रुपैयाँका गाडी खरिदमा कम्तीमा ५० करोड रुपैयाँ कमिसनको खेल रचिने उनले बताए । ’एक प्रतिशत मात्र कमिसन आए पनि ४ करोड हुन्छ’, ती अधिकारीले भने, ’आफूले भनेको मूल्यमा र धेरै संख्यामा एकैपटक गाडी बेच्न पाए जुनसुकै कम्पनीले १०–१५ प्रतिशत कमिसन सजिलै दिन्छन् ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah