मोरङ। मोरङको कटहरी गाउँपालिका-७ भौडाहामा शनिवार साँझ भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

साँझ ६:२० बजे भित्री सडक खण्ड अन्तरगत दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को ३६ प ३७३० नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको को २९ प ८३८० नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा को ३६ प ३७३० नम्बरको मोटरसाईकल चालक बुढीगंगा गाउँपालिका-५ का १९ बर्षीय निरज सरदार उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अर्का मोटरसाईकल चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको छ भने दुवै मोटरसाईकल जिल्ला प्रहरी कार्यालय मोरङको नियन्त्रणमा रहेको छ । संचार पाटि बाट साभार