बुटवल । रुपन्देहीमा एकजना युवाको हत्या भएको छ। रुपन्देहीको देवदह नगरपालिका-८ विशालनगरका २८ वर्षीय सुमन थापाको शनिबार राति हत्या भएको हो ।
निधार र छातिमा चोट लागेको अवस्थामा फेला परेका उनको उपचारका लागि देवदह मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
उक्त घटनामा संलग्न रहेको आरोपमा देवदहका २० वर्षीय रमेश थारु, २४ वर्षीय लक्षण थारु, १९ वर्षीय सुवास क्षेत्री, २३ वर्षीय हिराबहादुर महतो र २४ वर्षीय रेखबहादुर महतोलाई पक्राउ परेका छन् । न्यूज २४ नेपाल बाट










