काठमाडौं, ११ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ६ दिने चीन भ्रमणका क्रममा अहिले हाइनान प्रान्तमा छन् । शनिबार उनले बोआओ सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । बोआओ सम्मेलनलाई सम्बोधन गर्नुअघि आज उनले चीनका उपराष्ट्रपति झ्याङ घालीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । शनिबार अपराह्न बेइजिङ प्रस्थान गर्ने प्रचण्डले सोमबार चिनियाँ राष्ट्रपति सि जिन पिङसँग १५ मिनेट भेटवार्ता गर्ने भएका छन् ।

चीन भ्रमण जानुअघि एक साताअघि चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने ग्लोबल टाइम्सले प्रचण्डको भारतपरस्त नीतिकै कारण नेपाल र चीनबीच सम्बन्ध चिसिँदै गएको उल्लेख गरेको छ । जसलाई भारतको जी न्युज अनलाइनले प्रमुखताका साथ प्रकाशन गरेको छ । ग्लोबल टाइम्सको हवाला दिँदै जी न्युज अनलाइन लेख्छ, ‘प्रचण्डको भारत समर्थक नीतिका कारण दुई देशबीच सम्बन्ध तल्लो स्तरमा आइपुगेको छ ।’ ग्लोबल टाइम्सकै अनुमानलाई पुष्टि गर्दै बिहीबार प्रधानमन्त्री प्रचण्डले चिनियाँ रक्षामन्त्री चाङ क्वानसँग त्यसको संकेत गरेका थिए । प्रचण्डको भनाइ थियो, ‘नेपाल र चीनबीच सम्बन्धमा अलि चिसोपन आएको हो कि भन्ने मैले महसुस गरेको छु ।’

ग्लोबल टाइम्सले लेखेको छ, ‘विगतमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र चीनबीच राम्रो सम्बन्ध थियो । उनले भारतविरोधी अभिव्यक्ति दिने गरेका थिए । तर, दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भएपछि प्रचण्ड दुईपटक भारत गए भने भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई आफ्नो देशको भ्रमण गराएर न्यानो सत्कार गरे ।’

किन बिग्रियो नेपाल–चीन सम्बन्ध ?
ग्लोबल टाइम्सका अनुसार यतिखेर नेपाल र चीनबीच सम्बन्ध हार्दिकता छैन । खासगरी प्रचण्डको विदेश नीतिका कारण दुई देशको सम्बन्धमा दरार उत्पन्न भएको हो । गत वर्ष चीनका राष्ट्रपति सी जिन पिङले दक्षिण एसियाको भ्रमण गर्दासमेत नेपाल भ्रमणमा गएनन् । कारण थियो, चीन–नेपाल जोड्ने ‘वान बेल्ट वान रोड’ मा प्रगति नहुनु । भारतकै दबाबका कारण प्रचण्डले चीनको ‘वान बेल्ट वान रोड’ प्रस्तावलाई बेवास्ता गर्दै र कार्यान्वयनमा नलगेको चीनको ठहर छ ।

ओली सरकार ढालेकोमा रुष्ट
चीन र नेपालबीच सम्बन्ध चिसिनुको अर्को कारण एमाले अध्यक्ष केपी ओली सरकार ढाल्नु रहेको छ । ग्लोबल टाइम्सले भारतकै निर्देशनमा प्रचण्डले ओली सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार बनाएको दाबी गरेको छ । खासमा ओली सरकार ढलेपछि आफूले लगानी गरेको विभिन्न आयोजनाको काम अघि नबढेको ग्लोबल टाइम्सको लेखमा उल्लेख गरिएको छ । चीनको लगानी रहेको आयोजना प्रचण्डकै कारण अघि नबढेको दाबी पनि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah