काठमाडौं । पत्रकारको नाकको डाँडी भाँच्न एक करोड रुपैयाँ छुट्याएको भन्दै धम्की दिएका इटहरीका मेयर द्वारिकालाल चौधरीले आइतबार सो शब्द आवेशमा भनेको भन्दै सो शब्द फिर्ता लिएका छन् ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मेयर चौधरीले आवेगमा आएर फोनमा भएका विषयले पत्रकाजगतप्रति आघात पुगेको भए सो शब्द फिर्ता लिन्छु भनेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विज्ञप्तिमा भनिएको छ, ‘जेठ १ गते इटहरीका एकजना पत्रकार मित्रले फेसबुक कमेन्टको विषयलाई लिएर मलाई आक्रोशपूर्ण फोन गरेपछि भएका संवादका क्रममाहरुमा आवेगजन्य परिस्थितिका कारण मेरो व्यक्र भनाइहरुबाट उहाँ र सञ्चार जगतमा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै प्रेस जगतलाई आघात पर्न गएकोमा व्यक्त विचार फिर्ता लिन चाहन्छु । मेरो सञ्चार जगतप्रति चोट पुर्याउने कुनै मनसाय छैन र आगामी दिनहरु पनि रहने छै ।’ उनले इटहरी उपमहानगर पालिका स्वतन्त्र प्रेसको संवैधानिक हक प्रति प्रतिवद्ध रहेकोसमेत बताएका छन् । विज्ञप्तिमा कतै पनि ‘माफी’ शब्द उल्लेख नगरि उनले आफुले दिएको धम्कीलाई आवेगको भनाईमात्र भनेका छन् । उनले सञ्चार जगतमा सुदृढिकरण हुनुपर्ने बताएका छन् ।

उनले आफु भ्रष्टाचारप्रति शून्य सहनशिलताको नीति लिएर अगाडि बढेको भन्दै त्यसमा प्रेसले पनि सहयोग गर्ने अपेक्षा रहेको बताएका छन् ।पत्रकार विराट अनुपमलाई नाकको डाँडी भाँच्ने धम्की दिएका मेयर चौधरी यसअघि भने आफ्नो भनाई ठिक रहेको अडानमा थिए । तर, उनको सबैतिरबाट विरोध हुन थालेपछि शब्द फिर्ता लिएका हुन् ।