काठमाण्डाै - जन्मदेखि नै मलद्वार नभएकी ८ वर्षीया बालिकाकाे सफल शल्यक्रिया भएको छ ।

दाङ्ग जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ की रविना योगी मलद्धारको शल्यक्रिया काठमाण्डाैको ग्रीन सिटी अस्पतालमा गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आर्थिक अवस्था अत्यन्त कमजोर रहेको परिवारको सदस्य रहेकी योगीको अवस्थाको जानकारी पाएपछि ग्रीनसिटी अस्पतालले आफ्नै निःशुल्क अप्रेशन गरिदिएकाे बताइएकाे छ l

वरिष्ठ बाल शल्य चिकित्सक डा. गेहराज दाहालको टोलीले पाँच घण्टा लगाएर उनको मलद्धारको अप्रेशन गरेको थियो । पीडित रेनुकाले अप्रेशन सफल भएपछि आफ्नाे नयाँ जीवन सुरु भएकाे प्रतिक्रिया दिइन् ।