काठमाडौं –मीठो स्वादसँगै उच्च पोषक तत्वयुक्त लिची फूर्तिदायक हुन्छ। यो मूलतः चीनबाट आएको फल हो।यो फल २००० ईशापूर्वदेखि नै चीनमा खाँदै आइएको हो।भारत विहारस्थित भारतीय कृषि अनसन्धान परिषद, राष्ट्रिय लिची अनुसन्धान केन्द्रका अनुसार यसमा सुक्रोज, फ्रुक्टोज र ग्लुकोज गरी तीनै प्रकारका चिनी पाइन्छ।
लिचीको फलमा करिब ६० प्रतिशत जुस, ८ प्रतिशत ¥याग, १९ प्रतिशत बीउ र १३ प्रतिशत बोक्रा हुन्छ। यसमा भिटामिन सी, पोटासियम र प्राकृतिक चिनी पाइन्छ।लिचीमा चिनी १०(१२ प्रतिशत, प्रोटिन ०।७ प्रतिशत, बोसो ०।३ प्रतिशतलगायत धेरैजसो भिटामिनजस्तै सी, ए, बी १, बी २ प्रशस्त पाइन्छ।
केन्द्रको तथ्यपत्रअनुसार लिचीमा थुप्रै रोगको प्रतिक्षात्मक क्षमता देखिएको छ। यो जानकारी आजको कान्तिपुरमा छापिएको छ।यसमा एथोसायनिन, फिनोलिक्सजस्तो जैव सक्रिय यौगिक पाइन्छ। जसले मुटु रोग, मधुमेह, मिर्गौला रोग, क्यान्सरसँग लड्नमा प्रतिरोधी क्षमता दिन्छ। लिचीले क्यान्सरपीडित कोषिकाको विकासमा अवरोध गर्छ।
महिला विश्वक फुटबलमा फ्रान्सको शानदार सुरुवात, दक्षिण कोरियामाथि सनसनीपूर्ण जित
काठमाडौं । महिला विश्वक फुटबल प्रतियोगितामा घरेलु टोली फ्रान्सले शानदार जित निकालेको छ । समूह ए अन्तर्गत शुक्रबार राति भएको उद्घाटन खेलमा आयोजक फ्रान्सले दक्षिण कोरियामाथि शानदार जितसहित प्रतियोगितामा विजयी सुरुवात गरेको हो । छ ।फ्रान्सले दक्षिण कोरियामाथि ४–० को जित निकालेको हो । पहिलो हाफमा तीन गोल गरेको फ्रान्सले दोस्रो हाफमा एक गोल थप गरेको हो ।
उसका लागि वेन्डी रेनार्डले ३५ र पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गरी दुई गोल गरिन् । त्यसअघि युजिन ली जोमारले नवौँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाएकी थिइन् । फ्रान्सका लागि ८५ औँ मिनेटमा एमडिन हेन्रीले चौथो गोल गरेकी हुन् ।
फ्रान्सलाई उपाधिको प्रमुख दाबेदारका रुपमा हेरिएको छ र उसले पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गरेर त्यसमा आश थप जगाएको छ । प्रयोगितामा सहभागी २४ देशलाई ६ समूहमा विभाजन गरिएको छ ।










