इटहरी । ट्रिपर दुर्घट्नामा परि चालकको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका(११ मा आईतवार ट्रिपर दुर्घटनामा परि चालकको मृत्यु भएको छ ।
सिद्धिचरण राजमार्ग अन्तर्गत घुर्मीबाट कटारीतर्फ आउँदै गरेको बा ३ ख ४१३० नम्बरको ट्रिपर राती साढे ९ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ८र ९ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा ट्रिपरका चालक सोलुखुम्बु साबिक नेचा(३ बस्ने २१ बर्षीय सुजन भण्डारीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।










