ज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाइएका स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा.सिके  राउतलाई थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको छ ।  जिल्ला अदालत सिरहाले यो दिएको यो म्याद थपको आदेश यो पाँचौं पटक हो ।

राष्ट्र बिरोधी र स्वतन्त्र मधेसको पक्षमा गतिविधि गर्दै आएको आरोपमा धनुषाको जनकपुरमा पक्राउ गरेको थियो ।इलाका प्रहरी कार्यालय लहानमार्फत मुद्दा दायर गरिएपछि अदालतमा पेश गरिएका राउतलाई पहिलो पटक गएका माघ २१ गते सिरहा जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राउत विरुद्ध अनुसन्धानका लागि दोस्रो पटक फागुन १ गते १० दिन, तेस्रो पटक ११ गते फेरि १० दिन म्याद थपेको थियो भने चौथो पटक २० दिनको र पाँचौ पटक शुक्रबार जिल्ला अदालत सिरहाले थप दश दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको  जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख शेखर कोइरालाले जानकारी दिनुभयो ।