इटहरी । भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा तेस्रो भएर नेपाल आएका इटहरीका प्रितम आचायलाई गृहनगर इटहरीमा भब्य स्वागत गरिएको छ ।

आइतबार साँझ भएको फाइनलमा प्रितम आचार्य तेस्रो भएका थिए । जजहरुलाई रुवाएर चर्चामा आएका प्रिमतलाई भारतीय सिमना काकड्भिट्टामा लिन सयौ इटहरी वसी पुगेका थिए ।,

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निकै कडा प्रतिष्पधाका विचमा फाइनलमा पुगेका प्रितमको स्वरको जादूले नेपाली दर्शकको मन छोएको छ।

वलिउडका चर्चित गायक एवं कलाकारहरुले समेत उनको गायिकीलाई उच्चप्रशंसा गरेका थिए । इटहरीबासीहरु प्रितमलाई स्वागत गर्न १५ वटा गाडि लिएर काकड्भित्ता सम्म लिन पुगेका थिए । काँकड्भिटटा देखि इटहरी सम्मको दृष्य फोटो पत्रकार गुरु ढकालले कैद गरेका छन् ।