नेकपा एमालेले मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत २ नम्बर प्रदेशमा रोकिएको कार्यक्रम तयारीका लागि चैत १६ र १७ गते महोत्तरीको वर्दिवासमा प्रदेश स्तरीय बृहद कार्यकर्ता भेला आयोजना गरेको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा शुक्रवार बसेको सचिवालय बैठकले २ नम्बर प्रदेशको अभियान तयारी सम्बन्धी कार्यक्रम तय गरेको हो । महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको सचिवालयको बैठकले प्रदेशस्तरीय कार्यकर्ता भेलाको एक साता भित्र अभियानका कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । २ नम्बर प्रदेशका जिल्ला कमिटीहरुलाई अभियानको सन्दर्भमा जनसभा, सार्वजनिक अन्तरक्रिया लगायतका कार्यक्रम तोक्न निर्देशन दिइसकिएको एमाले सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

२३ फागुनमा सप्तरीको राजविरामा एमाले अभियान अन्तर्गतको सभामा मधेसी मोर्चाले सांघातिक आक्रमण गरी बिथोल्ने प्रयास गर्दा प्रहरीसँगको मुठभेडमा ५ जनाको ज्यान गएको थियो । एमालेले अभियान ३ दिनका लागि स्थगित गर्दै २७ फागुनदेखि हेटौंडाबाट अभियानलाई निरन्तरता दिएको थियो । अभियान सुदूरपश्चिमको महेन्द्रनगरसम्म पूरा भइसकेको छ । अभियानको अन्त्यमा सुर्खेतमा सन्देशसभा आयोजना गरिएको थियो । त्यस लगत्तै बसेको स्थायी समिति बैठकले प्रदेश नम्बर २ को अभियानका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah