काठमाडौं /पछिल्लो समय निकै चर्चामा आएकी चर्चित नायिका तथा मोडल हुन् रीमा विश्वकर्मा । धेरै नै म्युजिक भिडियो र चलचित्रमा समेत अभिनय गरेकी नायिका रीमा विश्वकर्मा नेपाल आइडलबाट पनि निकै चर्चामा आइन् ।

एपी वान् टेलिभिजन मार्फत प्रसारण भएको नेपाल आइडल देश विदेशका धेरै दर्शकले मन पराए ।यसैक्रममा नेपाल आइडल सिजन १ र द भ्वाइस अफ नेपाल सिजन १ मा चिफ असिस्टेन्ट डिरेक्टर रहेका विशाल भण्डारीले नयाँ रियालिटी शो कमेडी च्याम्पियन ल्याउने भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त शोमा रीमा विश्वकर्माले होस्ट गर्ने बताइएको छ । अब भने यी दुईले कमेडी जनरामा काम गर्ने भएका छन् । पछिल्लो समय नायिका रीमा विश्वकर्मा एक नयाँ चलचित्रको तयारीमा ब्यस्त छिन् ।उनी नायक भूवन केसीको राष्ट्रियताको कथामा निर्माण भैरहेको चलचित्र ‘मिस्टर नेपाली’मा अभिनय गर्ने भएकी छिन् ।