बर्दिया । मधुवन नगरपालिका–५ स्थित नेपाल भारतको सीमाको दशगजामा भारतीय वन विभागका कर्मचारीले कुलो खनेपछि सशस्त्र सीमा सुरक्षा बल सानोश्रीले कुलो पुर्न लगाएको छ । कतर्निया वन्यजन्तु आरक्ष भारतका कर्मचारीले सीमा स्तम्भ ७५–७६ आसपासमा स्काभेटरले झन्डै २० मिटर लामो कुलो खनेका थिए । कुलो खनिरहेको खबर पाएलगत्तै घटनास्थल गएको सशस्त्र प्रहरी टोलीले सीमा रेखामा दुवै देशले कुनै गतिवधि गर्न नपाउने भन्दै प्रतिकार गरेको थियो । ‘उनीहरुले खनिरहेको भूभाग भारततिर पर्ने दाबी गरेका थिए,’ प्रहरी निरीक्षक भपेन्द्र पालले भन्नुभयो, ‘सीमा स्तम्भबाट ९ मिटर भित्र पर्ने–नपर्ने अन्यौल भएपछि हामीले खाल्डो पुुर्न लगाएका हौँ ।’ अन्तर्राष्ट्रिय कानुनले दशगजाभित्र कुनै कार्य गर्न पाइँदैन । सिडिओ विष्णुबहादुर थापाले यस विषयमा आफूलाई कुनै जानकारी नआएको बताउनु भयो ।
भारतको दादागिरी, फेरी सिमा मिच्यो तर शसस्त्रले देखाएको यस्तो आँट
सवाल नेपालसंवाददाताशनिबार, १० चैत २०७३

भारतको दादागिरी, फेरी सिमा मिच्यो तर शसस्त्रले देखाएको यस्तो आँट
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



