बर्दिया । मधुवन नगरपालिका–५ स्थित नेपाल भारतको सीमाको दशगजामा भारतीय वन विभागका कर्मचारीले कुलो खनेपछि सशस्त्र सीमा सुरक्षा बल सानोश्रीले कुलो पुर्न लगाएको छ । कतर्निया वन्यजन्तु आरक्ष भारतका कर्मचारीले सीमा स्तम्भ ७५–७६ आसपासमा स्काभेटरले झन्डै २० मिटर लामो कुलो खनेका थिए । कुलो खनिरहेको खबर पाएलगत्तै घटनास्थल गएको सशस्त्र प्रहरी टोलीले सीमा रेखामा दुवै देशले कुनै गतिवधि गर्न नपाउने भन्दै प्रतिकार गरेको थियो । ‘उनीहरुले खनिरहेको भूभाग भारततिर पर्ने दाबी गरेका थिए,’ प्रहरी निरीक्षक भपेन्द्र पालले भन्नुभयो, ‘सीमा स्तम्भबाट ९ मिटर भित्र पर्ने–नपर्ने अन्यौल भएपछि हामीले खाल्डो पुुर्न लगाएका हौँ ।’ अन्तर्राष्ट्रिय कानुनले दशगजाभित्र कुनै कार्य गर्न पाइँदैन । सिडिओ विष्णुबहादुर थापाले यस विषयमा आफूलाई कुनै जानकारी नआएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय