काठमाण्डु, २९ जेठ – नेपाली कांग्रेसका नेता गगन थापाले गुठी सम्बन्धी विधेयकको चर्को विरोध गरेका छन् । सरकारले ल्याएको गुठी सम्बन्धी विधेयक तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।

नेता थापाले स्वर्गद्वारी चलाउँदा प्रधानमन्त्री केपी ओली सकिने चेतावनी दिए । पशुपतिनाथको मन्दिरका पुजारी चलाउँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सकिएको चर्चा गर्दै स्वर्गद्वारी चलाउँदा प्रधानमन्ँत्ती ओली सकिने नेता थापाले चेतावनी दिए ।

बुधबार प्यूठानको बिजुबारमा भएको कांग्रेस सभालाई सम्बोधन गर्दै उनले संस्कृतिमाथि प्रहार नगर्न चेतावनी दिए ।

सरकारले गुठी व्यवस्थापनका नाममा ल्याउन लागेको विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै मंगलबार पनि काठमाण्डुमा आन्दोलन हूँदै आएको छ।

नेवाः राष्ट्रिय मुक्ति मोर्चाले आयोजना गरेको उक्त विरोध प्रदर्शनमा गुठीसम्बन्धी विधेयक जलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर