रसुवा । महिला मुक्ति तथा सचेतना समाज रसुवाको आयोजनामा विपन्न तथा एकल महिलाहरुलाई कृषि सामग्री वितरण गरिएको छ।

बुधबार महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, महिला तथा बालबालिका विभागको सहयोगमा राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका ५ सरमथलीका ३० जना अति विपन्न तथा एकल महिलाहरुलाई नौकुण्ड गाउँपालिकाका उप प्रमुख सिर्जना लामा, सोही वडाका वाडाध्यक्ष शुक्रमान पाख्रिनलगायत सहजीकरण समितिका सदस्यहरुको उपस्थितिमा प्रत्येक जनालाई एक समारोहका विच सत्रहजार बराबरको कृषि सामाग्री वितरण गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महिलाहरुलाई सामग्री वितरण गर्नु अघि जेष्ठ १० गतेदेखि १४ गतेसम्म तरकारी खेती तथा वितरित हुने सामग्रीहरुको उपयोगिता सम्बन्धी तालिम प्रधान गरेको थियो। वितरण गरिएको सामग्रीहरुमा टनेल प्लाष्टिक, पाइप, हजारी, प्रिङ कल, थोपा सिञ्चाई, पम्प, टनेल फित्ता, कैची, प्राङ्गारिक मल, सुतली डोरी, सेतो प्लाष्टिक ड्रम, कोको फिट, नर्सरी ट्रेका साथ साथै सात प्रकारका विउविजनहरुको वितरण गरिएको थियो।

पहिला तालिम र यस पश्चात् वितराण गरिएको सामग्रीबाट तरकारी खेती गर्न सहज वातातरणको सिर्जना हुने हुँदा महिलाहरुको जीबनमा उल्लेख्य सुधार हुने अपेक्षा आफुले राखेको उप–प्रमुख लामाले बताए। यस अघि विभिन्न संधसंस्थाले तालिम दिएतापनि सामग्री वितरण नहुँदा तालिममा सिकेको कुराहरुको व्यवहारत लागु गर्न नपाइने समस्या रहेकोमा अहिले तालिमको साथसाथै सामग्री पाएकोले व्यवाहरत लागू गरी व्यवसायी वन्न र आफ्नो जीवन स्तर परिवर्तन गर्नमा उत्प्रेरित गरेको अति विपन्न महिला बुधमाया थिङले बताईन्।