धनुषा । धनुषाधाम नगरपालिकामा बम विस्फोट भएको छ । बुधबार राति नगरपालिकाको कार्यालयमा बम विस्फोट भएको हो ।

राति नै विस्फोटको आवाज आएको तर खोजतलास गर्दा केही नभेटिएको भएपनि बिहीबार बिहान मात्रै प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीका अनुसार घटनास्थलमा कुकरको सिठी फेला परेको छ। इलाका प्रहरी कार्यालय धनुषाधामसँगै रहेको नगरपालिका कार्यालयमा भएको बिस्फोटबाट पर्खालमा क्षति हुनुका साथै सभा हलको भित्ता भत्केको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बम विस्फोट गराउने समूहको खोजि भइरहेको प्रहरीले जनाएको छ । जनता समाचार बाट साभार