हेटौंडा- मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ सामरी पुल नजिकै गए राति भएको सवारी दुर्घटनामा घाइते भएका सैनिकको उपचारको क्रममा बिहीवार बिहान मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा नेपाली सेनाका लेस नायक विवेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा ७ च ३८४८ नम्बरको कारले हेटौंडाबाट भैसैतर्फ जाँदै गरेको बा ४१ प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो । लोकान्तर बाट साभार