काठमाडौं । सार्वजनिक यातायातको भाडा बढेकाे छ ।

यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले बढाउने निर्णय गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिहिबार यातायात व्यवस्था कार्यालयमा बसेको सर्वपक्षीय बैठकले भाडा बढाउने निर्णय गरेको हो ।

बढाइएको भाडा असार १ गतेदेखि लागू हुने यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिनुभयो ।