रामेछाप । रामेछापमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । बिहीबार साँझ भएकाे दुर्घटना परी रामेछाप दोरम्बा गाउँपालिका ६ लखनपुरका उद्धव गौतम र हरिबहादुर कार्कीको मृत्यु भएको हो । उनीहरुको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालया रामेछापका अनुसार काठमाडौंबाट रामेछापको लखनपुरको रिठ्ठे जाँदै गरेको अरनिको कोशीपारि यातायातको बा २ ख ७२४२ नम्बरको बस दुर्घटना भएको हो । बस लखनपुरको बरको रुख घुम्तीबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनामा २० जना घाइते भएको र घाइते मध्ये ७ को अवस्था गम्भीर रहेको छ। उनीहरुलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। न्यूज २४ नेपाल बाट साभार










