दमक/नेकपा (एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिकासको बाधक नेपालको कर्मचारीतन्त्र नै भएको आरोप लगाएकाछन् । पार्टीको बैदेशिक मामिला विभागले गरेको ‘विकास र समृद्धि’ विषयमा एक दिने कार्यशालामा बोल्दै उनले यस्तो आरोप लगाएकाहुन् ।

भक्तपुरस्थित काठमान्डु स्कुल अफ लमा आयोजित उक्त कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री तथा बैदेशिक मामिला विभागका प्रमुख नेपालले मुलुकको विकासका लागि दीर्घकालीन योजनाको आवश्यकतामा जोड दिँदै विकासलाई अघि बढाउन अवरोधका रुपमा खडा हुनेहरुलाई पन्छाउनुपर्ने बताए । उनले भने—‘कर्मचारीतन्त्र विकासमुखी छैन, अदालतले पनि विकासका काम रोक्ने गरेको छ । २०५१ सालमा हाम्रो सरकारले माइतीघरदेखि भक्तपुरसम्मको बाटो विस्तार गर्न खोज्दा एभरेस्ट होटल अदालतमा गयो र स्टे अर्डर ल्याएर आयो । त्यसकारण हामीले काम गर्न पाएनौँ । अहिलेसम्म पनि त्यो क्रम जारी छ ।’

नेपालले भने—‘कर्मचारीतन्त्र कुरा मिलाउन जान्दछ, विकास गर्न होइन । म प्रधानमन्त्री हुँदा मुग्लिनमा पुल भत्किएको देखेपछि तत्काल बनाउन भनेँ । १० लाख रुपियाँमा एक महिनाभित्र बनाउन सकिन्छ भनियो । तर, तीन महिनाबित्ता पनि रिपोर्ट मात्रै पेस भयो, काम भएन । पछि मुख्य सचिवलाई नै कडा निर्देशन दिएर हेर्न पठाएपछि बल्लतल्ल काम भयो ।’

कार्यक्रममा नेपालको विकासको मोडल प्रस्तुत गर्दै पूर्वअर्थमन्त्री तथा पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले हिजोको राजनीति अधिकारमुखी भएको तर आज परिस्थितिमा परिवर्तन आएका कारण समृद्धिमुखी हुनुपर्नेमा जोड दिए । उनले भने, ‘हिजो हामीले भन्दै आएका कतिपय कुरा पनि आज असान्दर्भिक भएका छन् । जमिन बाँडेर हुँदैन, यसलाई सरकारको मातहतमा राख्नुपर्छ र पकेट क्षेत्र तोकेर काम गर्न जनतालाई दिनुपर्छ ।’

उक्त कार्यपत्रमाथि सार्क चेम्बर अफ कमर्सका अध्यक्ष सुरज बैद्य, अर्थशास्त्री डा. विजय पौडेल, समाजशास्त्री हरि शर्मा, कानुनविद् युवराज संग्रौला र समाजशास्त्री डा. सुरेश ढकालले टिप्पणी गरेका थिए । सहभागीहरुमध्ये पूर्वमन्त्री केशव बडाल, योजना आयोगका पूर्वसदस्य डा. भीम न्यौपाने, सांसद लालबाबु यादव, पूर्वसांसद हरि बैरागी दाहाल, पूर्वसांसद डा. डिल्लीराज खनाल, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्मा, डा.अञ्जान शाक्य, वातावरणविद् मञ्जित ढकाल, स्वशासनविज्ञ डा. खिमलाल देवकोटा, डा. रमेश ढकाल, एमाले प्रचार विभाग सचिव विष्णु रिजाल, अर्थशास्त्री डा. गोविन्द थापा, पूर्वराजदूत प्रमेश हमाल, पूर्वरथी विनोज बस्न्यात, वातावरणविद् डा. मदन कोइराला, पूर्वमन्त्री हरि पाण्डे, इन्जिनियर सरोज उपाध्याय, उद्यमी हरिप्रसाद पौडेल, तेज ढकाल, गणेश विक, डा. नारद भारद्वाज र अधिवक्ता नवराज थपलियाले धारणा राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah