काठमाडौं, ३२ जेठ । शनिबार देशको पुर्वी तथा मध्य भु–भागमा आंशिकदेखि सामान्य बदली रहने र पश्चिमी भु–भागमा आंशिक बदलि रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पूर्वी तथा मध्य भु–भागका केही स्थानहरुमा र पश्चिमी भु–भागका एक वा दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना देखिन्छ।
त्यस्तै रातिको समयमा देशको पुर्वी भु–भागमा सामान्य बदली रहि मध्य तथा पश्चिमी पहाडी भु–भागमा आंसिक देखि सामान्य बदलि रहनेछ। पूर्वी तथा मध्य भु(भागका थोरै स्थानहरुमा र पश्चिमी भु–भागका एक–दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।










