काठमाडौंमा गएको जेठ २१ गते गराइएको श्रृंखलावद्ध बम विष्फोटमा परी घाइते भएका थप एक विप्लव कार्यकर्ताको आज (शनिबार) निधन भएको छ ।

बम विष्फोटमा घाइते भएका रामेछाप मन्थली नगरपालिका–४ का रामकुमार श्रष्ठको चावहिलस्थित ओम अस्पतालमा उपचारकै क्रममा आज मृत्यु भएको हो । उनको मृत्यु भएसँगै जेठ १२ गते काठमाडौँमा भएको श्रृंखलाबद्ध बम विष्फोटमा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंले उपचाररत श्रेष्ठको शनिबार बिहान मृत्यु भएको जानकारी दिएका छन् बम विष्फोटको घटना भएको २४ घण्टा नबित्दै चार जनाको ज्यान गएको थियो ।

बम विष्फोटमा ज्यान गुमाउनेहरुमा नेपाल कम्युनिष्ट पार्टीको जनमुक्ति सेनाका कमाण्डरहरू महान, दीपेन्द्र, अखिल क्रान्तिकारीका नेता प्रज्वल शाही र निरन्तर थिए ।

श्रेष्ठ पनि विप्लव कार्यकर्ता हुन् । सुकेधारास्थित छोटे ठाकुरको सैलुनमा भएको बम बिफोटमा परि गम्भीर घाइते भएका सुरेन्द्र महर्जन र हरि खड्काको ओम अस्पतालको आइसीयुमा उपचार भइरहेको छ । नया पेज बाट