#

दमकमा स्पष्ट भिजन भएको ब्यवसायिक लिडर युवराज घिमिरे

    २०७६ असार २, सोमबार १०:०१ मा प्रकासित

दमक/दमकमा ब्यवसायीक क्षेत्रमा युवराज घिमिरे नौलो नाम होइन ।

संघर्षले खारिएर अहिले ब्यवसायीक रुपमा आफ्नो पहिचानलाइ उच्च बनाएका घिमिरे बिचार र ब्यवहारमा प्रष्ट ब्यवसायी मानिन्छन् ।

रोहन ट्रेडर्ष दमकका प्रोपाइटर उनि दमक उद्योग बाणिज्यसंघका द्धितिय उपाध्यक्ष हुन् ।

स्नातकसम्म अध्ययन गरेका उनि बिभिन्न कम्पनीको बजार प्रतिनिधि भएर काम गरे । यो २०५६ सालतिरको समय हो ।

चौधरी ग्रुप, युकी चाउचाउ हुँदै हिमालयन डिष्टिलरीको सेल्स एण्ड मार्केटिंगमा मेची कोशी क्षेत्रमा काम गरे ।

उनको कम्पनीका सिनियरहरुसंग जब भेट भयो उनको जीबनमा नयाँ अध्यायको शुरुवात भयो ।

उनीबाट प्रफुल्लित रहेका र उनमा क्षमता देखेपछि सिनियरहरुले दमकमा कोकोकोलाको डिलरसिप प्रदान गरे । २०६१ सालदेखि उनि दमकमा नै जम्न थाले ।

दमक उद्योग बाणिज्य संघ अध्यक्ष, बरिष्ठ उपाध्यक्षसंग घिमिरे

त्यसपछि हर्लिक्सको डिलर पनि पाए । जीवन साथी निशा मैनालीले ब्यापारमा सहयोग र साथ दिएपछि ब्यवसायीक हित एवं सामाजिक काममा सक्रिय हुन थाले ।

दमक उद्योग बाणिज्य संघमा ब्यवसायिक हित कोष बनाएर एउटा राम्रो छाप छाड्न सफल भएकाछन् । उनको नेतृत्वमा नै यो कोष बनेको हो ।

२०६७ सालदेखि संघमा आवद्ध रहेका उनि २०७० सालमा तृतिय उपाध्यक्षमा पराजित बने । तर उनले यसबाट बिचलित भएनन् ।

नि २०७३ सालमा द्धितिय उपाध्यक्षमा बिजयी भए । र अब ब्यवसायिको साथ र सल्लाहमा आगामि दिनहरु निर्धारण हुने उनको भनाइ छ ।

ब्यवसायीक हक अधिकार, ब्यवसायीक सुरक्षा र अवसरका लागि संघमा काम गर्ने आफ्नो सोच रहेको उनि बताउछन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading…

सवाल नेपाल टिभी

   
Loading...

सम्बन्धित शीर्षकहरु