टाउको दुखाइको समस्याले धेरैलाई पिरोल्ने गरेको छ । अझ युवती तथा महिलाहरुमा त टाउको दुख्ने समस्या झनै बढी हुन्छ ।भद्रगोल जीवनशैली, जथाभावी खानपिन जस्ता कारणले पनि टाउको दुखाईको समस्या झन बढ्दै छ । यदि तपाईंमा पनि यस्तो समस्या छ भने झुक्किएर पनि नखानुस् यी खानेकुरा ।

 

– अमिले गुन्द्रुक, तामाको तरकारी तथा अचार र पुरानो साँदेको अमिलो अचार खानु हुँदैन । – चकलेट, कफी, दही, मही, पनिर, आइसक्रिम जस्ता खानेकुरा पनि धेरै नखानुस् ।

 

– चिसो पेयपद्धार्थ कोक, फ्यान्टा, पेप्सी जस्ता खानेकुरा पनि धेरै सेवन नगर्नुहोस् । यसका आलवा बियर, रक्सी, वाइन पनि नखाँदा राम्रो ।

 

– एकदमै चम्किलो प्रकाश, उज्यालो झिलिमिलि बत्ति र भीडभाडबाट सकेसम्म टाढै बस्नुस् । अनि टाउको दुखिरहने मानिसले धेरै दुर्गन्धीत तथा बास्ना आउने ठाउँको नजिक पनि नजानु बेस् हुन्छ ।

 

– भोको पेट बस्दा रिस उठ्छ र टाउको थप दुख्न सक्छ त्यसैले सकेसम्म भोको पेट नबस्नु नै राम्रो हुन्छ ।

 

– पानी तथा फलफूल प्रशस्त मात्रामा सेवन गर्नुहोस् । सकेसम्म तनावबाट टाढा बस्नुस् । दिनमा कम्तिमा ६ र बढीमा ८ घन्टा आरामसँग सुत्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय