झापा । गौरादह नगरपालिका–४ मा टिपर ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।

ठक्करबाट तरहरा सुनसरीका १० वर्षीय ओमराज गिरीको घटनास्थलमै मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बालक दुई वर्षयता गौरादह–४ का भक्तबहादुर कार्कीको घरमा बस्दै आएका थिए ।

पाडाजुँगी–गौरीगञ्ज भित्री सडकखण्डमा पाडाजुँगीबाट गौरीगञ्जतर्फ जाँदै गरेको मे १ ख २७०४ नम्बरको ट्रिपरले पैदल हिँडिरहेका बालकलाई भेट्वाल चौकमा ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए ।

ठक्कर दिने ट्रिपर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले नियन्त्रणमा लिएको छ ।