काठमाडौ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा बाल संरक्षणगृह सञ्चालन गरिने भएको छ। इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा बाल संरक्षणगृहका लागि भवन निर्माणकार्य भइरहेको वडाध्यक्ष होमबहादुर रानामगरले जानकारी दिए।

रु १४ लाखको लागतमा निर्माण गरिने बाल संरक्षणगृहमा वडाभित्र रहेका बाबुआमा नरहेका बालबालिका, उच्च जोखिममा रहेका, अर्थाभावका कारण अभिभावकबाट बेवास्तामा परेका बालबालिकालाई गृहमा राखिने अध्यक्ष रानामगरले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वडा कार्यालयले अहिले यस्ता बालबालिकाको तथ्याङ्क सङ्कलनकार्य गरिरहेको उनको भनाइ छ। गाउँपालिककाका प्रवक्ता सावित्री गुरुङले वडा नं ४ मा बन्दै गरेको बालगृहलाई गाउँपालिकास्तरीय बनाउने विषयमा छलफलसमेत भएको जानकारी दिए।

अहिले गाउँपालिकाभित्र रहेको बाबुआमा नरेहका बालबालिका, अशक्त, गरीबी अर्थाभावका कारण जोखिममा रहेका बालबालिकाको तथ्याङ्क सङ्कलन गरिने र त्यसैका आधारमा आवश्यकताअनुसार बालगृह संरक्षण केन्द्रलाई क्षमता बढाउँदै लैजाने उनले जानकारी दिए।