नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ। दुर्घटनामा परी एक घाइते भएका छन्।
गैँडाकोट–१० सिस्नेमा गए राति पश्चिमतर्फ छुटेको लु१ख ८३२६ नंको बसले ना३३प ८७६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुलिङटार–३ का ५२ वर्षीय वीरेन्द्रनन्द सन्न्यासीको मृत्यु भएको हो।
उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मोटरसाइकल चालक बुलिङटार–३ का ३७ वर्षीय विष्णु निर्मल गिरी घाइते भएका छन्।उनको अवस्था गम्भीर रहेको छ। घाइते गिरीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।










