सल्यान । सल्यानको एक वडा कार्यलयमा अज्ञात समूहले आगजनी गरेको छ ।सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयमा हिजो सोमबार राति अज्ञात समुहले आगजनी गरेको हो ।

आगजनीबाट मुलखोलामा रहेको वडा कार्यालयका सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। आगोबाट कार्यालयमा वडा कार्यालयमा सम्पूर्ण कागजपत्र, ल्यापटप, कम्पुटर, फोटोकपी मेसिन, सोलार प्यानल, कुर्सि, कार्पेट लगायत त्यहाँ रहेका सम्पुर्ण सामना जलेर नष्ट भएको प्रहरीले जनाएको छ।