काठमाडौँ । शिक्षा सेवा आयोगले शिक्षक लाईसेन्सको विज्ञापन खुलाएको छ । माध्यमिक तहको तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरिएको आयोगद्वारा जारी सूचनामा खुलाईएको छ।

बिगत लामो समयदेखि रोकिएर खुलाईएको लाईसेन्स बिषयगत आधारमा खुलाइएको हो । अहिलेबाट अनलाइनबाटै फारम भर्न सकिने व्यवस्था छ । प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर माविको हकमा तालिम नलिएकाले पनि लाईसेन्सको परीक्षामा सहभागिता जनाउन सक्ने प्रावधान छ ।

आवेदन दिन अनलाइन फाराम भरेर सबमिट पश्चात सिस्टमबाट जेनेरेट हुने भौचर अनुसारको रकम तोकिएको बैंकमा गई जम्मा गर्नुपर्नेछ । जम्मा गरेपश्चात पुनः अनलाइन एप्लिकेशनको बैंक भौचर भन्ने बटनमा गइ बैंक कारोवार संकेत नम्बर लगायत आवश्यक सम्पूर्ण विवरण शुद्धसँग भर्नुपर्नेछ । विवरण फरक परेमा आवेदन फाराम रद्ध हुन सक्नेछ।

दरखास्त भर्ने विधिः यस आयोगको वेबसाइट www.tsc.gov.np मा रहेको Online application माध्यम मार्फत फाराम भर्न सकिनेछ । दरखास्त भर्ने विधिबारे यस आयोगको वेबसाइटबाट जानकारी लिन सकिनेछ ।

                                                                                 आयोगको विज्ञापन

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah