काठमाडौँ । मेघा घिमिरेलाई महिला समूह ओमनले आर्थिक सहयोग गरेको छ । करेन्ट लागेर दुबै हात गुमाएकी घिमिरेलाई समुहले १ लाख ५१ हजार १३ रुपैँँया सहयोग पठाएको हो ।

विराटनगर निवासी मेघा घिमिरेको वर्तमान दयनीय अवस्थालाई मध्यनजर गर्दै संसारभरिबाट उनको कृत्रिम हात जडान गर्नको लागि सहयोगी हातहरू अगाडि बढिरहेको परिप्रेक्षमा ओमनस्थित नेपाली महिला समूह ओमनले पनि सहयोग पठाएको समुहकी अध्यक्ष उमा ढुङ्गानाले बताइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

समुहले ओमनमा सार्वजनिक कार्यक्रमहरू गरेर सहयोग सङ्कलन गरेको थियो । ‘सेवा नै धर्म हो’ भन्ने उद्देश्यले घिमिरेलाई सहयोग गरिएको समूहले अध्यक्ष उमा बताउँछिन् ।

यो समुह ओमनमा सन् २०१२ मा स्थापना भएको थियो । समुहले स्थापनाकाल देखि नै विभिन्न समयमा नेपालमा सहयोग पठाउँदै आएको छ। यसले गएको वषै मात्रै चितवनका बाढी पीडितहरूको लागि एउटा घर पनि बनाई दिएको थियो ।

घिमिरेलाई पठाइएको रकम शुक्रबार काठमाडौंमा एक कार्यक्रम बिच महिला समूह ओमानकी सल्लाहकार विमला भट्टराईले हस्तान्तरण गरेकी थिइन् ।