काठमाडौं, असार ५ : मलेसिया कामदार पठाउन सुरू गर्न वैदेशिक रोजगार व्यवसायी संघले सात दिने अल्टिमेटम दिएको छ। असार १२ गतेसम्म वैदेशिक रोजगारमा कामदार पठाउने कार्य सुरू नभए आन्दोलन गर्ने संघले जनाएको छ। तत्काल मलेसिया जाने प्रक्रिया सुरू गर्न संघले श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागलाई आग्रह गरेको छ।

असार १२ गतेसम्म मलेसिया जाने श्रम स्वीकृत दिन सुरू नगरेर असार १३ देखि आन्दोलन गर्ने संघका अध्यक्ष रोहन गुरुङले बताए।

संघले असार १३ देखि वैदेशिक रोजगार विभाग घेराउ गर्ने भएको छ।‘अहिले शान्तिपूर्ण विरोध मात्र गरेका हौं। माग पूरा नभए आन्दोलन चर्काउँछौं,’ संघका अध्यक्ष गुरुङले काठमाडौ प्रेससँग भने।

मलेसिया सरकारसँग कामदार पठाउने सम्झौता भएको आठ महिना वितिसक्दा पनि बाटो खुलेको छैन। वैदेशिक रोजगारका लागि महत्वपूर्ण गन्तव्य रहेको मलेसियामा नेपाली कामदार जान पाएका छैनन्।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv