काठमाडौं। एउटा पुरानो लोक कथाका अनुसार एउटा आश्रममा दुई शिष्यसहित एक सन्त बस्थे। सन्तले दुवै शिष्यलाई राम्रो शिक्षा दिएका थिए। एक दिन सन्तले दुवै शिष्यलाई एउटा डिब्बामा गहुँ भरेर दिँदै भने–म तीर्थ जाँदैछु। दुई वर्षपछि फर्किएर आउँछु। म आएपछि यो गहुँ मलाइ फिर्ता लिनु, तर यो गहुँ बिग्रिनु हुँदैन नी!’
एक शिष्यले यो डिब्बा पूजा गर्ने स्थानमा राखे र सधैं त्यो डिब्बाको पूजा गर्न थाले। अर्का शिष्याले डिब्बाबाट गहुँ निकालेर खेतमा छरे। दुई वर्षपछि एक डिब्बा गहुँले धेरै गहुँ उत्पान गर्न सक्यो।
समय पूरा भएपछि सन्त आश्रममा फर्किए र दुवै शिष्यसँग गहुँको डिब्बा मागे। पहिलो शिष्यले डिब्बा दिँदै भने–गुरुजी मैले हजुरको चिनोलाई निधै हिफाजतसँग राखेको छु। म सधैं यसको पूजा गर्थे।’ गुरुजीले डिब्बा खेलेर हेर्दा गहुँ सबै खराब भइसकेको थियो। गहुँमा किरा लागेका थिए। यो
अर्का शिष्य एक कोरा लिएर आएर सन्त अगाडि राख्दै भने–गुरुजी यही हो तपाइँले दिएको गहुँ। गहुँले भरिएको थैलो देखेर सन्त निकै खुशी भए। उनले भने–पुत्र तिमी मेरो परीक्षामा उत्र्तिण भयौ। मैले तिमीलाई जुन ज्ञान दिएको थिएँ, तिमीले आफ्नो जीवनमा उतार्यौ, मैले दिएको ज्ञानको सही उपयोग गर्यौ।’
जबसम्म आफ्नो ज्ञानलाई डिब्बामा बन्द गरेको गहुँजस्तै राख्नेहोभ ने त्यसले केही पनि फाइदा हुँदैन। ज्ञानलाई आफ्नो आचरणमा उतार्नुपर्छ। अन्य मानिसलाई पनि ज्ञान बाँड्नुपर्छ।



