कञ्चनपुरः निर्मला प्रकरणमा १६ दिन हिरासतमा बसेका विशाल चौधरीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएका छन्। हिरासतमा रहँदा आफूलाई यातना दिएको भन्दै उनले बिहीबार तत्कालीन डिएसपी कृष्णराज ओझा र सालघारी बिटका इन्चार्ज असई राम सिंह धामीविरुद्ध जाहेरी दिएका हुन्।

जाहेरी दिन बिहीबार विशालसँगै विशालका बुवा पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेका थिए। अनुसन्धानका क्रममा प्रहरीले आफूलाई दिएको यातनाविरुद्ध विशालले किटानी जाहेरी दिएको उनका बुबा वीरबहादुर चौधरीले बताए। ‘अनुसन्धानका क्रममा यातना दिएर हत्या र बलात्कार स्विकार्न लगाएको हुनाले छोराले जाहेरी दर्ता गराएको हो,’ वीरबहादुरले भने ‘गर्दै नगरेको अपराध कुटेर स्विकार्न लगाइयो, हामीले कारबाहीको माग गरेका छौँ।’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले घटनामा संलग्न भएको आशङ्कामा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीका विशाललाई नियन्त्रणमा लिएको थियो। चौधरीको डीएनए परीक्षणसमेत गरिएको थियो। डीएनए नमिलेपछि उनी रिहा भएका थिए।

चौधरीलाई नेपाल प्रहरीका महानिरीक्षक सर्वैन्द्र खनाललेसमेत बयान लिएका थिए। हिरासतमा रहँदा आफूलाई प्रहरीले ‘मैले हत्या गरेको हुँ भन, नत्र मार्छु,’ भन्दै प्रहरीले बन्दुक देखाको भन्दै विशालले बताएका थिए।

गत साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा ११ वर्षीय निर्मला पन्तको शव फेला परेको थियो।

निर्मला प्रकरणमा नै प्रहरीले अभियुक्त भनी सार्वजनिक गरेका दिलीपसिंह विष्टका दाजुले पनि प्रहरीविरुद्ध नक्कली अभियुक्त खडा गरेको र दिएको यातनाविरुद्ध उजुरी दिएका थिए। उनीहरूको मुद्दा अहिले अदालतमा विचाराधिन रहेको छ। पहिलो पोस्ट बाट साभार गरिएको हो

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv