काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरको अधिकार क्षेत्रभित्र पर्ने सडकको मर्मतसम्भारका लागि ‘स्पेशल टास्क फोर्स’ गठन गर्ने भएको छ।काठमाडौंको सडकको उचित व्यवस्थापन गर्न चौतर्फी दवाव आईरहेका बेला महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सडकको मर्मत सम्भारका लागि ‘स्पेशल टाक्स फोर्स’ निर्माण गरी परिचालन गर्ने नीति सार्वजनिक गरेको हो।

 

बिहीबार काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर विद्यासुन्दर शाक्यले आगामी वर्षदेखि विद्युतीय बस सेवा संचालनमा ल्याउने घोषणा गरे।‘वायू मण्डलको स्वच्छता र जनस्वास्थ्यलाई ध्यानमा राखि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने’ पनि काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। मेयर शाक्यले सहरी यातायात व्यवस्थापन नीति अन्तरगत काठमाडौंको सम्भाव्यता देखिएका स्थानहरुको पहिचान गरी साईकल लेन बनाउने नीति पनि अघि सारिएको बताए।

 

महानगरपालिकाले ‘सम्पदा संरक्षण तथा सम्वद्र्धन र पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकास’लाई जोड दिएर ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा काठमाडौं भित्रको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन गर्न ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालय तथा नेपाल पर्यटन बोर्डसँग साझेदारी कार्यक्रम संचालन गर्ने पनि समावेश गरिएको छ। मेयर शाक्यले आगामी आर्थिक वर्ष भित्र काठमाडौंमा पर्यटन प्रवद्र्धनका लागि विश्व सम्पदा सूचिमा रहेका हनुमानढोका दरबार क्षेत्र, स्वयम्भु, बौद्ध र पशुपतिनाथ क्षेत्रलाई पर्यटकीय हर्वको रुपमा विकास हुने गरी विशेष कार्यको थालनी गर्ने बताए।

 

नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकहरुको सम्मानका लागि ‘मनमोहन ज्येष्ठ नागरिक सम्मान’ कार्यक्रम तथा प्रजातान्त्रिक आन्दोलनका योद्धाहरुको योगदानलाई सम्मान गर्न ‘गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान’ कार्यक्रम संचालन गर्ने पनि पनि उल्लेख गरिएको छ। मेयर शाक्यले प्रधानमन्त्रीको रुपमा मनमोहन अधिकारीले ज्येष्ठ नागरिकहरुलाई गरेको सम्मान र प्रजातन्त्रका लागि सिंहले पुर्याएको योगदानको उचित कदर गर्दै सो सम्मान कार्यक्रम पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको जानकारी दिए।

 

नीति तथा कार्यक्रममा काठमाडौंमा उज्यालोको अभाव हुन नदिन ‘मेयर उज्यालो’ कार्यक्रम पनि राखिएको छ। त्यसैगरी सूचना तथा संचार नीति अन्तरगत निःशुल्क वाईफाई सेवा संचालनको कामलाई विस्तार गर्ने, काठमाडौं महानगरपालिकाको आफ्नै लगानीमा मेट्रो टेलिभिजन स्थापना गरि संचालन ल्याउने कार्यक्रम पनि तय गरिएको छ। मेयर शाक्यले महानगरपालिकाद्धारा संचालित मेट्रो एफएमलाई प्रभावकारी बनाउने नीति तय गरिएको बताए। काठमाडौंलाई प्रदुषणमुक्त बनाउन फोहोर पानीलाई प्रशोधन गर्न उचित व्यवस्था गर्ने नीति तथा कार्यक्रममा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv