इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं ०९ मा रहेको गोपाल अधिकारीको घरमा भाडामा बस्ने ६ वर्षिय एक नावालिका माथी यौन दुर्व्यवहाँर भएको छ । असार २ गते कोठामा कोही नभएको मौका छोपी बालिका लाई ललाई फकाई यौन दुर्व्यवहाँर गरेको श्रोतले वताएको छ । पिडित परिवार इटहरीको बसपार्कमा कोठा भाडामा बस्दै आएको थियो ।
घर धनीको नाताले ज्वाँई पर्ने देवराज गौतम नाम बताउनेले उक्त नावालिकालाई यौन दुर्व्यवहाँर गरेको ईलाका प्रहरी कार्यालय इटहरीले बताएको छ । स्वास्थ्य अवस्था विग्रदै गएको र अस्पतालले बालिकाको असामान्य अवस्था रहेको वताए पछी घटना सार्वजनिक भएको हो । उक्त नावालिकालाई अहिले उपचारको लागि अस्पतालमै राखिएकाे छ ।
यौन दुर्व्यवहाँर गर्ने गौतमलाई ईलाका प्रहरी कार्यालय इटहरीले शुक्रबार ( आज ) पक्राउ गरेको छ । उनलाई जबरजस्ती करणीकाे मुद्दा चलाइने ईलाका प्रहरी कार्यालय इटहरीका डिएसपी समिर चन्द्र खरेलले बताएका छन । पुर्बेली न्यूज बाट साभार









