काठमाडौं । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७६ माथिको छलफल सकिएसँगै सम्बन्धित मन्त्रीहरुले जवाफ दिने क्रम पनि शुरु भएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सम्बन्धित मन्त्रीहरुले मन्त्रालयको विभिन्न शीर्षकमा सांसदहरुले उठाएको प्रश्नमा मन्त्रीहरुले मन्त्रालयगत जवाफ दिएका हुन् ।
सांसदहरुको प्रश्नको जवाफ दिदैँ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सावर्जनिक तथा गुठी जग्गाहरुमाथिको अतिक्रमण हटाइ संरक्षण, सम्बद्र्धन र विकास गर्न उच्चस्तरीय आयोग गठन मार्फत काम भइरहेको जानकारी दिनुभयो । साथै मन्त्री अर्यालले मालपोत तथा भूमिसुधार कार्यालयहरुमा अनलाइन प्रविधि सुरु गरिने पनि बताउनुभयो । धार्मिक, सांस्कृतिक भावनामा ठोस पु¥याउने गरी सरकारले कुनै पनि विधेयक नल्याएको मन्त्री अर्यालको दाबी छ ।
सांसदहरुको प्रश्नको जवाफ दिदैँ खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले आगामी आर्थिक वर्षमा खानेपानीबाट ९२ प्रतिशत, आधारभूत सरसफाइबाट शतप्रतिशत र उच्च तथा मध्यमस्तरको खानेपानीबाट २५ प्रतिशत नागरिक लाभान्वित हुने दाबी गर्नुभयो । आगामी आर्थिक वर्षमा खुल्ला दिशामुक्त राष्ट्र घोषणा, एक घर एक धारा र शौचालय कार्यान्वयनमा ल्याइने मन्त्री मगरको भनाइ छ ।
बैठकमा सूचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रेश स्वतन्त्रता हनन हुनेगरी सरकारले कुनैपनि कानून नल्याउने प्रष्ट पार्नुभयो । यो वर्ष मुलुकले आधुनिक प्रविधिको क्षेत्रमा फड्को मार्नेगरी काम भइरहेको पनि मन्त्री बास्कोटाले जानकारी दिनुभयो ।
शुक्रबारको बैठकमा ५ वटा मन्त्रालयले सांसदहरुको प्रश्नको जवाफ दिएका छन् । संसदको अर्को बैठक पनि मन्त्रीहरुको जवाफमै केन्द्रित रहनेछ । जनता समाचार बाट गरिएको









