काठमाडौं, ६ असार । नक्कली एटीएम कार्ड प्रयोग गरेर २० लाख रुपैयाँभन्दा बढी रकम चोरी गर्ने गिरोहका एक सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

बारा पिपरपानी–७ घर भएर काठमाडौं महानगरपालिका ३१ शंखमुल बस्ने ३३ वर्षीय राजुकुमार पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार फक्राउ गरेको हो ।

पक्राउ परेका पाण्डेले तीन जना रोमानियाका नागरिकहरुसँग मिलेर राष्ट्रिय वाणिज्य बैंकको काठमाडौं उपत्यकाको विभिन्न एटीएम बुथबाट नक्कली एटीएम कार्ड प्रयोग गरेर पैसा निकाल्ने गरेको पाइएको छ ।

पाण्डेसँगै घटनामा संलग्न भएका तीन जना रोमानियाका नागरिकहरुले भने नेपाल छोडिसकेको बताइएको छ । एटीएम कार्ड ठगीमा ब्यूरोले हालसम्म ६ नेपाली, ४ रोमानियाका, ४ टर्कीका, ४ बुल्गेरियाका, २ भारतीय र ४ माल्दिभ्सका गरी २४ जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

divinegc.com
mimislot
mimislot
Social Media Strategy
babaslot
mimislot
slot gacor
arhivs.jekabpilslaiks.lv