१४ चैत । गत फागुन १० गते जंगी अड्डामा बसेको पृतनापति बैठकमा राजनीतिक अस्थिरता र केही विखण्डनकारी समूहका गतिविधिबाट मुलुकको सुरक्षा कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरेको एक महिनापछि नेपाली सेनाले सम्बन्धिात क्षेत्रकमै पुगेर सूक्ष्म अध्ययन थालेको छ ।
निर्वाचन घोषणा भएपछि प्रदेश नम्बर २ मा सुरक्षा चुनौती थपिएको विश्लेषण भइरहेको बेला प्रधानसेनापति राजेन्द्र क्षेत्री प्रदेश भ्रमणमा निस्किएका थिए । दुई साताअघि धनुषा पुगेका उनले त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी मात्र लिएनन्, सीमा सुरक्षा स्तम्भको अवस्था र दसगजामा हुने गतिविधिबारे विस्तृत जानकारी लिएका थिए ।
धनुषास्थित नेपाली सेनाको गोरखनाथ गणको बार्षिकोत्सव अवलोकन सुरक्षा चुनौतीबारे जानकारी लिएको क्षेत्रीले सप्तरी र सर्लाहीको भ्रमण गरेका थिए । सुरक्षा स्रोतका अनुसार, सेनापतिको भ्रमण प्रदेशको अवस्था बुझ्ने, पृथकतावादी क्रियाकलापको सूक्ष्म अध्ययन गर्न सम्बन्धित गणहरुलाई निर्देशन दिने लगायतका कार्यक्रममा केन्द्रिय थियो ।
सर्लाहीको रणशेर गण र सप्तरीको वन तथा पर्यावरण गणमा पुगी सुरक्षा अवस्थाको जानकारी लिएका उनले त्यहाँ डिएमआईका तर्फबाट भइराखेको सूचना संकलन विश्लेषणबारे विस्तृत छलफलसमेत गरेका थिए । सप्तररीमा उनले एमालेको मेची–महाकाली अभियानका क्रममा भएको आक्रमण र त्यसबाट उत्पन्न असहज परिस्थिति र घुसपैठको संलग्नता रहेको भन्ने विषयमा पनि चासा राखेका थिए ।
प्रधानसेनापति क्षेत्रीले गणपतिहरुसँग मधेसमा संविधान संशोधनको माग गर्दैै भइरहेका प्रदर्शन, भूमिगत समूहको सक्रियता, सीके राउतका कार्यकताको गतिविधिलगायत विषयमा जानकारी लिएका थिए । गणपतिहरुले उनलाई सप्तरी र धनुषाको सुराा स्थिति र सम्भावित सुरक्षा चुनौतीबारे बिफ्रिङ गरेका थिए ।
उनले वैशाख ३१ म हुने स्थानीय तहको निर्वाचन सुरक्षा चुनौतीबारे समेत चासो राख्दै भारतीय सीमावर्ती बजारबाट नेपालीमाथि हुने विविध खाले हेपाहा प्रवृत्तिको बारेमा पनि चासो राखेका स्रोतको दाबी छ । मुलुकको सुरक्षाका विषयमा आमनेपालीले चासो राख्न थालेपछि नेपाली सेनाको सैनिक समाचार महानिर्देशनालय (डिएमआई) ले सूक्ष्म अध्ययन थालेको बुझिएको छ, तरुणमा उल्लेख छ ।
सेनाले सूक्ष्म अन्वेषणअन्तर्गत प्रतिकूल राजनीतिक प्रभावका कारण तहस नहस बनाउन खोजेका तराई–मधेसका जिल्लामा डिएमआईले आफ्नो कार्य थालेको हो । यसका लागि सेनाको सूक्ष्म अन्वेषण रणनीति अनुसार जनसरोकारका विषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाइँदै लगेको छ ।
सीमा क्षेत्रमा सेना आफ्नो प्रभावलाई विस्तार गर्न थालेको छ । सशस्त्र प्रहरीले जिम्मा लिएको सीमा सुरक्षामा सशस्त्रको भूमिका शंकास्पद रहेको भन्दै सेनाले डिएमआईले सेनाकै भूमिका विस्तार गर्न दिएको सुझावलाई सेनाले विस्तारै कार्यान्वयन ल्याएको उच्च सैनिक स्रोतले जनाएको छ ।



