झापा । शनिवार साझ बिर्तामोडमा एक बालिका भागेर अपहरण हुनबाट बचेकी छ्न । बिर्तामोड – ४ बस्ने ८ वर्षीय एक बालिका भागेर अपहरण मुक्त भइन ।

घरमुनि सडकमा खेलिरहेको अवस्थामा एक जना ब्यक्तिले बालिकालाई फिरफिरे चकलेट किन्दिने भन्दै फकाइ फुलाइ बिर्तामोड पश्चिम बस स्टयाण्ड पुर्याएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिर्तामोडस्थित होटल बिनायक पछाडिबाट बालिकालाई अपहरण गरि लगिएको थियो । साझ ६ः३० बजेबाट बालिका हराएको हजुरबुबा राम बस्नेतले जानकारी दिए । अपहरण प्रयास गर्नेले बालिकालाई अटो रिक्सामा चढाइ मुक्ति चोकबाट फेरि पश्चिम् पुर्याइएको प्रहारीको स्रोतको भनाइ छ ।

पश्चिम् स्टेण्डमा पुर्याएपछि अपहरणकारीले बालिकालाई हातपात गर्न खोजेपछी बालिका भागेर घर आएकी थिइन् । ८ बजेर २० मिनेटमा अपहरणकारीको पन्जाबाट भागेर बालिका घर आएको प्रहरीको भनाइ छ । बालिकाको अपहरण प्रयास भएपछी बिर्तामोड प्रहरीले खोजीकार्य तिब्र पारेको इप्रका अनारमनीका डिएसपी मोहन थापाले जानकारी दिए । डिएसपी थापाका अनुसार बालिका नियन्त्रणमा लिएको क्षेत्रमा सीसी क्यामेरामा हेर्ने काम भइरहेको छ । टाइम्स अफ प्रदेश बाट साभार गरिएको