वातावरण प्रदुषण बढ्दै जाँदा स्वास्थ्यमा पनि उत्तिकै समस्या बढ्दो छ । तर, यस्ता धेरै बोट–बिरुवा छन्, जसलाई घरको डिल वा आगनमा वा घर भित्रै रोपेर पनि घर वरपरको वातावारण स्वास्थ्य राख्न सकिन्छ । पर्यावरण विद भन्छन्, केही बोट बिरुवा घरमा लगाउँदा वरपरको हावालाई सफा राख्छ र प्रदुषणको नकारात्मक असर कम हुन्छ । जान्नुहोस्, यी ७ विरुवाका बारेमाः

१. तुलसी – यो बिरुवाले दिन–रात अक्सिजन दिन्छ भने प्रदुषण नियन्त्रण गर्छ । ब्याक्टेरियलाई मार्छ र नकारात्मक शक्तिलाई पनि नष्ट पार्छ । तुलसीको पातलाई उमालेर खाएमा सर्दी, ज्वरो निको हुन्छ । त्यस्तै पातको रस छाला सम्बन्धी रोग र मुख गन्हाउँने समस्याबाट टाढा राख्छ ।

२. घ्युकुमारी – यसले हावालाई सफा राख्नका साथै यसमा केही भिटामिन, मिनरल्स, अमिनो एसिड्स र फाइबर पनि हुन्छन् । जलेको ठाउँमा, कपाल र छालामा यसको जेल लगाउँनु फाइदा जनक रहन्छ । यसको जुस पेटको लागि राम्रो हुन्छ ।

३. सयपत्री – हावामा रहेको प्रदुषण कम गर्छ । फूल र पात एन्टिबायोटिक गुणले भरिएको हुन्छ । यसले लामखुट्टेबाट टाढा राख्छ । चोट लाग्यो वा छालामा समस्या आएमा यसको फूलको रस फाइदाजनक हुन्छ । पातको उमालेको रसले मुख कुल्ला गरेमा दाँत दुखाईबाट आराम मिल्छ ।

४. करी पात – हावालाई सफा राख्छ, खानाको स्वाद बढाउँछ र यसको पातले कपाललाई बलियो राख्छ र रगतलाई सफला राख्छ । पाचनक्रिया ठिक हुन्छ, मोटोपन कम गर्छ, मधुमेहलाई नियन्त्रणमा राख्छ र जलेको वा कुनै प्रकारको घाउलाई पनि फाइदा गर्छ ।

५. चमेली – यसले पनि हावालाई प्रदुषणरहित बनाउँन मद्दत गर्छ । मुखमा घाउ, पेटमा जुका परेमा यसको पात चपाउँनु फाइदामय हुन्छ । छाला सम्बन्धि रोग र टाउँको दुखाईमा यसको फूलको लेप लगाउँनाले राहत मिल्छ ।

६. अनार – यसको रुखले प्रदुषण नियन्त्रण गर्छ । यसमा भिटामिन ए, सी र ई र फोर्लिक एसिडको साथ एन्टी ब्याक्टेरियल र एन्टी भायरल गुण पनि हुन्छ । यसको रसमा एन्टी एजिंग र एन्टी ओक्सिडेन्ट गुणहरुले भरमूर हुन्छ । यसले रगत बढाउँछ । छालालाई स्वास्थ्य राख्छ र मोटोपन कम गर्छ ।

७. ल्याभेन्डर(फूल) – यो फूलले घरको हावा शुद्ध राख्छ र वरपरको सुक्ष्म ब्याक्टेरिया र किरालाई पनि मारिदिन्छ । यो घरमा रोप्नाले लामखुट्टे टाढा रहन्छ । यस फूलको रस छाला रोगमा पनि फाइदा गर्छ । यसको बास्नाले टाउको दुखाई र माइग्रेन ठिक पार्छ र निन्द्रा लगाउँन सहयोगी भूमिका खेल्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय