काठमाडौं । विश्वमै दुर्लभ मानिएको कोहिनुर हीरा के अब आमनेपालीले अवलोकन गर्न पाउलान् ? राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पशुपतिनाथको कुल भेटी आम्दानी नगद, जिन्सी सार्वजनिक गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएपछि यो कौतुहलता बढेको छ ।

पशुपति क्षेत्र विकास कोषका पूर्वकोषाध्यक्ष एवं हाल प्रदेश ३ सभा सदस्य नरोत्तम वैद्यका अनुसार वि.सं. २००२ को जयबागेश्वरी तहबिलको एक अभिलेखमा यो हीरा रहेको र जयबागेश्वरीका सबै गरगहना पशुपतिनाथ मूल ढुकुटीमा भिœयाउने क्रममा हीरा पनि ढुकुटीमै रहेको अनुमान छ । नाथको मन्दिरको मूल ढुकुटीमा के कति धनमाल के कस्तो अवस्थामा छ भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन ।

एक दशकअघि यकिन गर्ने प्रयास भए पनि सर्वोच्च अदालतले २०६६ पुस २७ गते उत्प्रेषणयुक्त परमादेश जारी गर्दै ढुकुटी खोल्न रोकेको थियो । पशुपतिनाथ भण्डार तहबिलको पछिल्लो अभिलेखअनुसार नाथको ढुकुटीमा २०१९ सालयता नौ किलो २७६.६४ ग्राम सुन र ३१६ किलो ५८६ ग्राम चाँदी दाखिला छ तर २०१९ सालअघिको अभिलेख भने छैन । मन्दिरको ढुकुटीमा प्रवेश गर्न अनुमति पाउने नाथका विसट नाइके अरुण श्रेष्ठका अनुसार २०१९ सालअघिको अभिलेख तत्कालीन कौसी तोषाखानासँग हुन सक्छ । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर