काठमाडौं । पाँचथरको मिक्लाजुङमा नौ जनाको हत्या भएको एक महिना नबित्दै जिल्लामा अर्को हत्या भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हिलिहाङ गाउँपालिका–६, मा धारिलो हतियार प्रयोग गरी युवतीको हत्या भएको हो । फाइनान्स कम्पनीमा कार्यरत २१ वर्षीय सुजाता तामाङको हत्या उनीसँग भएको नगद लुट्ने आशयले भएको हुनसक्ने प्रहरीको भनाइ छ ।

स्नातक तहमा अध्ययनरत् सुजाता लघुवित्त समूहको रकम उठाएर कार्यालय फर्कँदै गर्दा बाटैमा उनकाे हत्या भयाे।

हत्या भएको जानकारी भएलगतै प्रहरी हत्याराको खोजीका लागि अनुसन्धानमा जुट्यो, अन्ततः युवती हत्या गरेको अभियोगमा १९ वर्षीय एक किशोरलाई पक्राउ गर्न सफल भयो ।

पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको किशोर को हुन् ? उनले सुजाताको हत्या किन गरे ? के सम्बन्ध थियो युवती र ती किशोरको ?

विविध घटनाक्रमका बारेमा थप जानकारीका लागि जनता टेलिभिजनकाे कार्यक्रम सिएमडब्लुले तयार पारेको यो भिडियोः

जनता सामाचार बाट साभार