२२ वर्षीय समीर लुङवा ललितपुरको वाग्मती गाउँपालिका–२ माल्टास्थित कालीदेवी माविमा कक्षा ५ मा पढ्थे। शनिबार राति बुबाआमा घरमा नभएको मौका छोपेर उनले आफैँलाई सिध्याए।

अभिभावकहरु राती साढे ९ बजेतिर घर फर्किंदा समीर दलिनमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परे। प्रहरीले उनको सुसाइड नोट फेला पा¥यो। जसमा लेखिएको थियो, ‘म धेरै दुःखमा छु, मलाई कसैले माया गर्दैन।’ यो खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी राजकुमार छिउजुका अनुसार सुसाइड नोटमा केही कारण लेखिएको देखिन्छ। नोटमा बालकले घरमा दाइ–भाउजूले हेला गर्ने र स्कुलमा सर–मिसहरुले आफ्नो कुरा नबुझ्ने उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘कक्षामा केटाहरुलाई पिट्ने, केटीहरुलाई नपिट्ने र घरमा मलाई दाजु–भाउजूले हेला गर्ने।’ उनले स्कूलका केही शिक्षकहरुको नाम तोकेर आफू बिरामी भएको कुरा पनि नपत्याएको उल्लेख गरेका छन्।