पोखरा । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको समूहले आव्हान गरेको नेपाल बन्दको क्रममा पोखराका विभिन्न स्थानमा बम फेला परेका छन् । बन्दका कारण पोखराको जनजिवन प्रभावित बनेको छ ।आज बिहानै लेखनाथको तालचोक नजिकै एक, पोखरा पार्दी बिरौटा चोक र चाउथे नजिकको सडकमा शंकास्पद बस्तु भेट्टिएका छन् ।
आज बिहानै पोखराका विभिन्न स्थानमा बम तथा संकास्पद् बस्तु भेट्टिएसँगै सो क्षेत्रलाई घेरामा राखेर वरपर जान रोक लगाएको छ भने नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गर्ने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
विप्लवको बन्दका कारण पोखराका सडकमा सार्बजनिक यातायात देखिएका छैनन् भने बिहानी सत्रका क्याम्पस पनि बन्द छन् ।हिजो सोमबार साँझ नै पोखराको सिद्धार्थचोक स्थित कृषि बजारको सडकमै शंकास्पद बस्तु देखिएपछि नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको थियो ।










