भद्रपुर। झापाको कनकाई नदीमा प्रेसर कुकर बम जस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको छ । भद्रपुर नगरपालिकामा राखिएको रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम फेला परेको १० घण्टा बित्न नपाउँदै कनकाई नगरपालिकाको कनकाई नदीमा शङ्कास्पद वस्तु फेला परेको हो ।

फाईल बाट तस्बिर 

सार्वजनिक यात्रुवाहक बसभित्रबाट फालेको झोला मर्निङवाकमा गर्न निस्केका स्थानीयले देखेपछि मङ्गलवार बिहान ६ बजेर २० मिनेटमा प्रहरीलाई खबर गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पूर्व—पश्चिम राजमार्ग अवरुद्ध गर्ने योजनाका साथ राख्न खोजिएको शङ्कास्पद वस्तु नदीमा खसेपछि राजमार्ग सुचारु रहेको डिएसपी श्रेष्ठले जानकारी दिए । यता नदीमा शङ्कास्पद वस्तु भेटिएपछि चाराआलीस्थित कालीबहादुर गणबाट नेपाली सेनाको बम डिस्फोजल टोली घटनास्थलतर्फ गइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए । टाइम्स अफ प्रदेश बाट साभार