भद्रपुर । मोटरसाइकलको ठक्करबाट झापामा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका १ पोखरीया बस्ने ६६ वर्षीया सुभद्रा भट्टराई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका १० माइधारमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ७ प ६९९५ नम्बरको मोटरसाइकलले पैदलयात्री भट्टराईलाई सोमबार बिहान ठक्कर दिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी भट्टराईको उपचारको क्रममा सोमबार बेलुका बिर्तामोडको बिएण्डसी अस्पतालमा मृत्यु भएको हो । यता प्रहरीले मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिएको छ ।