झापा । दमक–रबी सडक खण्डको बम जस्तै देखीने शंखास्पद बस्तु फेला परेको छ । सो सडक खण्डको दमक ३ बेल्डाँगी शरणार्थी शिविर नजिकै शंखास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यता, पूर्व पश्पिम लोक मार्ग अन्तरगत कमल गाउँपालिका ४ स्थित चुलाचुली मोडमा समेत शंकास्पद बस्तु फेला परेर प्रहरीलाई खबर गरेको स्थानियले बताएका छन् । रातो कपडाले बेरेर राखिएको बस्तु देखे पछि मंगलवार दिउँसो १ बजे तिर प्रहरीलाई खबर गरेको स्थानियले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपा विप्लव समुहले गरेको नेपाल बन्दाको कारण झापाका केही स्थानमा बम राखे पनि निजि सवारी सधान भने चलिरहेका छन् । स्कुल र सरकारी सवारी भने ठप्प रहेको स्थानियले बताए । टाइम्स अफ प्रदेश बाट साभार