#


मलेसियामा रक्सी खाएर नेपालीद्वारा नेपालीमाथि नै चक्कु प्रहार

  सवाल नेपाल   २०७६ असार १०, मंगलवार १७:३४ मा प्रकासित

मलेसिया, असार १० । मलेसियाको जोहरबारु स्थित ताम्पोइमा सोमबार राति एक नेपालीले नेपालीमाथि नै चक्कु प्रहार गरेका छन् । मध्यराति मदिरा सेवन गरि कोठामा आएका खोटाङका सुजन राइले सामान्य भनाभन हुँदा बर्दियाका दुर्गा चन्द ठकुरी माथि चक्कु प्रहार गरि घाइते बनाएको गैर आवासीय नेपाली संघ मलेसिया जोहोर राज्य समितिका सचीव अर्जुन सिंह अनुरागीले जानकारी दिए ।

घाइते चन्द हाल जोहोरको सुल्तान हस्पिटलमा उपचाररत छन् भने। चक्कु प्रहार गरी झ्यालबाट निस्केर फरार भएका राईलाई आवश्यक कारबाहीको लागि मलेसियन प्रहरीले खोजी रहेको सिंहले बताए । एभरेस्ट दैनिक बाट साभार 

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

   

सम्बन्धित शीर्षकहरु